समाचारबुधबार, आश्विन ३, २०६९

चुनावमा जान प्रमुख दलहरुबीच सैद्धान्तिक सहमति

हिमालखबर

नयाँबानेश्वरस्थित सेना समायोजन विशेष समिति सचिवालयको कार्यालयमा ३ असोजमा बसेको एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले र मधेसी मोर्चाको बैठकमा संविधानसभा पुनस्र्थापनामा सहमति नभएपछि निर्वाचनमा जाने निश्चित भएको हो । बैठकपछि कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले ताजा जनादेशमा जान राजनीतिक सहमति जुटेको बताए ।

बैठकमा एमाओवादी र मधेसी मोर्चाले १० वा १४ प्रदेशमा सहमति कायम गरी संविधानसभा पुनस्र्थापना गर्नुपर्ने अडान राखेका थिए । त्यसमा सहमति कायम हुन नसके निर्वाचनमा जानुपर्ने उनीहरुको अडान थियो । तर कांग्रेसले एमाओवादी र मोर्चाको प्रस्तावमा असहमति जनाएपछि संविधानसभा पुनस्र्थापना नगर्ने निर्णयमा दलहरु पुगेका हुन् ।

नेकपा एमाले अध्यक्ष झलनाथ खनालले संविधानसभा पुनस्र्थापनाको कुरा सदाका लागि अन्त्य भएको बताए । खनालले अब नयाँ निर्वाचनमा जाने विषयमा दलहरुबीच छलफल हुने जानकारी दिए ।

एमाओवादी प्रवक्ता अग्नी सापकोटाले संविधानसभा पुनस्र्थापना नहुने भएपछि निर्वाचनको प्रकि्रयाका बारेमा दलहरुबीच छलफल हुने बताए ।

नेताहरुले निर्वाचनमा जाने सहमति जुटेको बताए पनि प्रकि्रयाका विषयमा भने दलहरुबीच अझै मतान्तर देखिएको छ । सबै दलले निर्वाचनमा जाने भए आफ्नो दलको नेतृत्वमा सहमतिको सरकार गठन गर्नुपर्ने अडान राखेका छन् । सहमतिको सरकार गठन र चुनावी प्रकि्रयाका विषयमा छलफल गर्न दलहरुले पुनः शुक्रबार बैठक बस्ने भएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...